रोटरी क्लब अफ काठमाण्डौ र रोटरी क्लव अफ सुर्खेतको संयुक्त आयोजनामा २० जना शिक्षकहरुलाई कम्युटर सम्वन्धि तालिम दिएको छ । क्लबले वीरेन्द्रनगरका सामुदायिक विधालयमा कार्यरत शिक्षकहरुलाई २ दिने कम्युटर तालिम दिएको हो।
विद्यालय शिक्षा गुणस्तर सुधार अनुसार सूचना प्रविधि शिक्षामा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि कम्प्युटर ज्ञान तथा सूचना प्रविधि क्षमता विकास तालिम सञ्चालन गरिएको रोटरी ब्लव अफ सुर्खेतका अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । शिक्षकका लागि दुई दिने कम्युटर तालिममा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल ,युवा खेलकुद शाखा प्रमुख उत्तम प्रसाद आचार्य ,नेरामाविका प्रअ लगाएत सहभागिता रहेको थियो । दुई दिने तालिममा प्रशिक्षक गोविन्द चालिसेले कम्युटरका बिषयमा सहजीकरण गरेका थिए ।