Search
Close this search box.

कर्णाली प्रदेश सभाको बैठक निरन्तर अवरुद्ध

कर्णाली प्रदेश सभाको बैठक निरन्तर अवरुद्ध हुदै आएको छ । प्रमुख प्रतपिक्षी दल नेपाली कांग्रेसले माग आफ्ना माग पूरा नभएसम्म सदन चल्न नदिने बताउँदै सभा अवरुद्ध गदै आएको हो ।
आर्थकि वर्ष २०८१र०८२ को बजेट माथि छलफल भइरहेको सदन असार ६ गते यता चल्न सकेको छैन। त्यसयता आह्वान गरएिका तीनवटा बैठक सूचना टाँसेर स्थगित भएका छन्

आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले असार १ गतेको बैठकमा बजेट प्रस्तुत गरेका थिए । त्यस्पछि २ दिन सम्म चलेको बजेट माथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा असार ५ गते आर्थिक मामिला मन्त्री केसीको जवाफ चत्तिबुझ्दो नभएको भन्दै कांग्रेसले बिरोध जनाएको थियो ।

त्यसयता असार १४ गते शुक्रबारसम्म ५ पटक संसद् बैठक बोलाए पनि निरंतर अवरुद्ध हुँदै आएको छ । बैठक आइतबार दिउसो ३ बजे बस्ने गरी स्थगित भएको प्रदेशसभा सचिब जीवराज बुढाथोकीले बताए ।

चर्चित