नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । आइतबार बसेको बैठकमा वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रम सरकारले अलपत्र पारेको भन्दै माओवादीले संसद अवरुद्ध पारेको हो ।
बैठक कार्यसूचीमा प्रवेश नगर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका जनतालाई राजगोरी दिनेगरी अघि सारिएको कार्यक्रम कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै विरोध जनाएपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।
वार्षिक १० हजारलाई रोजगारी दिने गरी अघि सारिएको कार्यक्रम अघि नबढेसम्म संसद चल्न नदिने माओवादीको चेतावनी छ । माओवादीको अवरोधपछि उपसभामुख यशोदाकुमारी न्यौपानेले आधा घण्टाका लागि बैठक स्थगित गरेकी छन् । अहिले सर्वदलीय बैठक बसिरहेको छ ।