वर्ल्डलिंक कम्युनिकेसनको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ‘अन्लाइन जोखीम र सुरक्षित इन्टरनेट प्रयोग’ सम्बन्धी एकदिने तालिम सम्पन्न

वर्ल्डलिंक कम्युनिकेसनको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ‘अन्लाइन जोखीम र सुरक्षित इन्टरनेट प्रयोग’ सम्बन्धी एकदिने तालिम श्री भैरव माध्यमिक विद्यालय, बिरेन्द्रनगर–३, सुर्खेत मा सम्पन्न भएको छ।

उक्त तालिमको प्रशिक्षण वर्ल्डलिँक को तर्फ बाट समनी सुवेदी द्वारा प्रदान गरिएको थियो भने कार्यक्रमको अनुगमन वर्ल्डलिंककी CSR निर्देशक अनुपा भण्डारी जालान बाट गरिएको थियो।

तालिममा ९८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। उनीहरूलाई इन्टरनेट प्रयोगका क्रममा हुने ठगी, साइबर अपराध, अनलाइन दुव्र्यवहारका जोखिमहरू, र ती समस्या बाट बच्ने उपायहरू सम्बन्धी व्यावहारिक ज्ञान दिइएको थियो।

कार्यक्रमको अन्त्यमा सबै सहभागी विद्यार्थीहरूलाई तालिम सहभागिता प्रमाणपत्र समेत वितरण गरिएको थियो।

यो तालिमले विद्यार्थीहरूमा डिजिटल सचेतना, सुरक्षित इन्टरनेट प्रयोगको आबस्यक्ता र जिम्मेवार डिजिटल नागरिक बन्ने प्रेरणा जगाउने उद्देश्य राखिएको थियो।