
सरस्वती मा.बि काँडासिम्ता, खानीखोला सुर्खेतमा अक्षयकोष स्थापना गरीएको छ।
ग्रामीण प्रतिभाशाली युवा क्लबको तर्फबाट बिधालयका पुर्व विद्यार्थीहरुको तर्फबाट.एक लाखको छात्रवृत्ति अक्षय कोष स्थापन गरिएको हो।
साना साना बालकालीकाको भविस्य उज्यालो बनाउन भएपनि हौसला प्रदान गर्नका लागि अक्षयकोषको स्थापना गरीएको छ।
अक्षय कोषबाट प्राप्त रकमले उत्कृष्ट, जेहेन्दार र निम्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिने पुर्व विधार्थी मोहन रानाले जानकारी दिनुभयो।
उहाँले आउँदा दिनहरू यस्तै सृजनशील कार्यहरुलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रममा सिम्ता गाँउपालिका वडा नम्वर ९ का अध्यक्ष कविराज गिरी लगायत अन्य विधार्थीहरुको सहभागिता रहेको थियो।


