प्रहरी बरिष्ठ नायव निरीक्षक नारायण शर्मा बने ‘उत्कृष्ट प्रहरी’

सुर्खेत । सीमा नाकाहरुमा हुने चोरी र तस्करी रोक्नमा महत्वपूर्ण कार्य गरेको भन्दै कपिलवस्तु प्रहरीले बरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मालाइ माघ महिनाकाे उत्कृष्ट प्रहरी घाेषित गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रहरी चौकी मर्यादापुरमा कार्यरत शर्मालाई प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मानित गरेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मतहतमा रहेको प्रहरी चौकी मर्यादपुर यशोधरा गाउँपालिका–६ मा पर्दछ । नेपाल–भारत सीमानाको मुख्य नाका मर्यादपुर हो ।

भारतीय सीम नाकाहरुमा हुने चोरी तस्करीहरुलाई बन्देज गर्ने, सवारी दुर्घटना न्यूनिकरण गर्ने, महत्वपुर्ण स्थानहरुको सुरक्षा, आम नागरिकहरुको सुरक्षा, प्राकृतिक प्रकोपमा तत्काल खटिने, प्रहरी आचारण तथा सामाजिक संजालको सही प्रयोग, प्रहरी र नागरिक बिच सुमधुर सम्बन्ध कायम राख्न्ने जस्ता समसामयिक बिषयहरु उत्कृष्ट कार्य शर्माले गरेको प्रमाणपत्रमा उल्लेख छ ।

‘संगठनले दिएको जिम्मेवारी पूर्ण रुपमा लगनशील र कर्तव्यनिष्ट भएर अपराध अनुसन्धान र प्रहरी काम कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ,’ प्रहरी उपरीक्षक भट्टले दिएकाे प्रशंसा पत्रमा भनिएको छ, ‘सर्वसाधारण नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्य गरी आम नागरिकमा प्रहरी संगठनको गरिमामा पु¥याएको योगदानको उच्च कदर गर्दछौं ।’

शर्मालाई माघ महिनाको उत्कृष्ट प्रहरी प्रशंसा–पत्रले सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । शर्मा कार्यरत प्रहरी चाैकी सर्वाेत्कष्ट भएकाे छ ।

चाैकी सम्पादन गरेका कार्य विवरण, प्रहरी परिचालन, याेजना, कार्यालय अभिलेख, कार्यालय सरसफाइ तथा कार्यालय साैर्न्दयकरणमा महत्वपूर्ण कार्य गरेकाे भन्दै प्रहरी उपरीक्षक भट्टले प्रशंसापत्र दिएका छन् ।

चर्चित