
नेपाल स्काउट कर्णाली प्रदेशको आयोजनामा ५८९ औं र ५९० औं स्काउट आधारभूत तालिम (BTC) तथा ४३६ औं स्काउट आधारभूत तालिम (PTC) आजदेखि सुरु भएको छ।
उद्घाटन सत्रमा सहभागी कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले स्काउटले युवाहरुलाई अनुशासन, नेतृत्व, आत्मनिर्भरता, समाजसेवा र सहयोगको भावना विकास गर्न मद्दत पुग्ने बताउँदै मानवता प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरे । उनले विपद् जोखिमामा रहेको कर्णाली प्रदेशको सारथी बन्न यस्ता तालिमले महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । सचेत नागरिक निर्माण गर्न र सामाजिक सुरक्षामा कर्णाली प्रदेश सरकार तयार रहेको बताउदै सरकारका तर्फबाट गर्ने कार्यका लागि सकारात्मक रहेको हुँदा नवप्रवर्तन कार्यहरूमा अग्रसर हुन आग्रह गरेका छन ।
नेपाल स्काउट कर्णाली प्रदेश प्रमुख आयुक्त कमल बोहोराले स्काउटका माध्यमबाट युवा सक्रियतालाई बढाउन यस किसिमको तालिममा सहयोग प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरे।


