
नेपाल निजामती कर्मचारी युनियन नगर कार्यसमिति वीरेन्द्रनगर सुर्खेतले नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आईतवार वीरेन्द्रनगरमा नया वर्षको शुभकामना आदान प्रदान सँगै कर्मचारी युनियन नगर कार्यसमितिले रक्तदान कार्यक्रम गरिएको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमितका सचिव देवकुमार सुवेदीको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा नयाँ वर्षको शुभकामना व्यक्त गदै कर्मचारीका समस्यालाई समाधान गर्ने विभिन्न एजेण्डामा आफ्नो प्रतिबद्धता रहेको वताए। सुवेदीले कर्मचारीहरुमा एकता कायम हुनुपर्ने वताउदै आगामी वर्षमा देशको अर्थतन्त्र बलियो बनाउन सबै एकढिक्का भएर लाग्नुपर्ने बताए।

कार्यक्रममा कर्मचारी युनियनका जिल्ला अध्यक्ष धर्म पल्ली मगर , नेपाली काग्रेसका नगर सभापति उपेन्द्र खड्का लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका छन् । नेपाल कर्मचारी युनियन नगर कार्यसमितिका अध्यक्ष उपेन्द्र कुमार लामिछानेको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिहरुलाई धन्यवाद दिंदै यूनियनले कर्मचारीको हकहितका लागि निरन्तर आफ्नो सक्रियता देखाएर अघि वढ्ने अध्यक्ष लामिछानेले वताएका छन्।


