भेरी नदीमा मोटरबोट सञ्चालन

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका स्थित भेरी नदीमा मोटरबोट सञ्चालनमा ल्याईएको छ । पर्यटकलाई लक्षित गरी भेरी नदीस्थित पक्की पुल नजिकै मोटरबोट सञ्चालनमा ल्याईएको हो । खटाङ्ग पर्यटन मोटरबोट सर्भिसले भेरी नदीमा मोटरबोट सञ्चालनमा ल्याएको हो।

भेरी नदीमा मोटरबोट संचालनमा आएपछि पर्यटकीय गतिविधि बढ्नुका साथै आन्तरिक पर्यटनमा टेवा पुग्ने गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए । उनले मोटरबोट पर्यटन प्रवर्द्धनका साथै बाढीका बेला मानवीय सहायता र उद्धारका लागि प्रयोग गरिने बताए।

मोटरबोट सञ्चालनपछि भेरी नदी किनार वरपरको रमणीय वातावरणमा रमाउँदै जलविहार गर्न रुचाउनेका लागि मोटरबोट उपयुक्त रहेको नगर प्रमुख मैना बिकको भनाई थियो। व्यक्तिगत रुपमा मोटरबोट संचालनमा ल्याईएको हो। बोट सञ्चालन गर्नका लागि दुई जनालाई यसअघि तालिम दिइएको थियो भने उनीहरुले अहिले पनि तालिम लिईरहेका छन् । पानीको बहाव र अनुकूलता हेरेर यसलाई वर्षभरि नै सञ्चालन गर्ने योजना रहेको बताइएको छ।

खटाङ्ग खेत्र आसपासमा संचालन गर्ने गरि मोटरबोट संचालनमा ल्याईएको भएपनि अहिले गोकलपुर रङ्गशालामा खेलकुद प्रतियोगिता संचालन भईरहेको हुँदा सोहि प्रतियोगितालाई लक्षित गर्दै अहिले भेरी नदी माथिको पक्की पुल देखि गोकलपुर खेल मैदान सम्म मोटरबोट संचालन गरिनेछ। पक्की पुलदेखि खेल मैदान सम्म दुई राउण्ड गरेको प्रतिव्यक्ति दुई सय रुपैयाँ लाग्ने छ।

चर्चित