तस्वीरमा हेर्नुस् भारतको हवाई आक्रमणपछिको स्थिति

भारतले गएराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर कम्तिमा ३० जना मारिएका छन् । कयौं घाइते भएका छन् । भारतले दुई साताअघि एक नेपालीसहित २६ जना भारतीय नागरिकको जम्मु कश्मिरको वैसरण उपत्यकामा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ गरिएको भनेको छ । भारतीय सेनाले ‘न्याय दिइएको’ भन्दै संक्षिप्त प्रतिक्रिया दिएको छ । भारतको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय सैन्य बलहरुले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा आतंकवादी संरचनाहरुलाई लक्षित गरेर अपरेशन सिन्दुर चलाएका छन्, जहाँबाट भारतविरुद्ध आतंकवादी हमलाको योजना बनाइएको थियो र निर्देशन दिइएको थियो ।’तर, पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले ‘कायरतापूर्ण आक्रमण’ भन्दै जवाफ दिइने बताएका छन् । यसपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ ।

तस्वीरहरुमा हेर्नुस् मध्यराति हमलापछि सिर्जित परिस्थितिः

चर्चित