जनयुद्धकालका यौनहिँसामा आधारित बृत्तचित्र ‘देवी’ सुर्खेतमा सोमवार निशुल्क प्रदर्शन गरिँदै

जनयुद्धकालमा भएको यौनहिंसामा आधारित बनेको वृत्तचित्र देवीको सुर्खेतमा विशेष प्रदर्शन गरिने भएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चलन गरेको जनयुद्धमा होमिएकी विद्रोही योद्धा देवी खड्काको जीवनीमा आधारित रहेर बनाइएको वृत्तचित्र यही बैशाख २९ गते सोमवार सुर्खेतमा प्रदर्शन गरिने भएको हो । सुर्खेतको लक्ष्मि चलचित्र मन्दिर हलमा निशुल्क रुपमा विशेष प्रदर्शन गरिने छ । हाल नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य समेत रहेकी नेतृ देवी खड्काले जनयुद्धका समयमा भएका गम्भिर मानव अधिकार उलङ्घनका घटनाका पीडकहरू लाई उन्मुक्ति दिन नहुने बताउँदै द्वन्द्वकालका यौन हिंसा गर्नेहरू अझैपनि राज्यसत्ताको वरिपरि रहेकाले आफूले न्यायका लागी दवाव दिन यस्तो अभियान सुरु गरेको बताइन । जनयुद्धका समयमा महिलामाथि भएको बर्बर हिंसा बारे जानकारी लिन तथा न्यायका लागी दवाव सृजना गर्न अभियान सुरु गरेको बताउँदै उक्त वृत्तचित्र एक पटक हेरिदिन समेत उनले सञ्चारकर्मी , राजनैतिक दलका नेता , जनप्रतिनिधि , प्रहरी प्रशासन , विद्यार्थी , कानुन व्यवसायी , अधिकारकर्मी लगायत सबै लाई आग्रह गरेकी छन । झण्डै १ घन्टा ३० मिनेट लामो उक्त वृत्तचित्र को निर्देशन सुबिना श्रेष्ठले गरेकी छन् ।

चर्चित