जयप्रकाश पौडेलको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ सुर्खेतको तदर्थ समिति गठन

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ सुर्खेतको अध्यक्षमा जयप्रकाश पौडेल चयन भएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघको वीरेन्द्रनगरमा भएको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा विवेक कुमार थापा र रविन्द्र वहादुर शाही , महासचिवमा प्रेम सिंह ठकुरी , सहमहासचिवमा सन्तोष विसी ,कोषाध्यक्षमा देवेन्द्रदेव गिरी निर्वाचित भएका छन् । संघको जिल्ला कार्यसमिति सदस्यमा गणेश डिसी , रमेश आरसी , उमेश खड्का , प्रकास भेदी , टेकवहादुर रुचाल र लोकवहादुर गुरुड (एल.जी)रहेका छन् । निर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेस सुर्खेतका सभापति खड्क पोखरेल र उपसभापति विण्णु खड्काले प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कर्णाली प्रदेश तदर्थ समितिका संयोजक मोहन प्रकाश आचार्यको सभापत्वि एवं नेपाली कांग्रेस सुर्खेतका सभापति खड्क पोखरेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटनसत्रमा बोल्ने बक्ताले व्यवसायिक एकता र पेशागत हकहितका लागि निर्माण व्यवसायीहरु एकजुट भएर लाग्नुपर्ने र त्यसले पार्टीलाई समेत सहयोग पुग्ने बताएका थिए । साथै सहभागी वक्ताहरुले पार्टीको नीति र सिद्धान्त विपरित नजान समेत आग्रह गरेका थिए ।अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका उपसभापति विण्णु खड्का , नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागका केन्द्रिय सदस्य याम व विसी लगायत नेपाली कांग्रेस सुर्खेतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

चर्चित