नेपाल दशनामी युवा समिति सुर्खेतको अध्यक्षमा बलभद्र पुरी चयन, युवाहरु एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड

नेपाल दशनामी युवा समिति सुर्खेतको प्रथम अधिबेशन बाट बलभद्र पुरीको अध्यक्षतामा सर्वसम्मतरुपमा १५ सदस्स्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । अधिवेशनले समितिको उपाध्यक्षमा तुल्सि गिरी, सचिवमा उत्तम गिरी , कोषाध्यक्षमा बिबेक गिरी चयन गरेको छ । त्यसैगरि सदस्यमा अशेस गिरी, लक्षमी गिरी, दिनेश पुरी, सरोज पुरी , मोती गिरी , चन्द्रप्रकाश भारती , भक्तराज भारती , शुसिल गिरी, मुस्कान बन, हरी पुरी र सुजन गिरी रहेका छन् ।
उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष पार्बती गिरीले समाजमा युवाको भुमिका ठुलो रहेको बताउँदै दशनामीले समाजमा आफ्नो पहिचान बनाईसकेको बताउनु भयो । उहाले दशनामीको ईतिहास र वर्तमानका बारेमा प्रस्ट पार्दै समाज युवाले नै परिवर्तन गर्न सक्ने हुँदा युवाहरु एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरि दशनामी समाज सुर्खेतका अध्यक्ष तिर्थराज पुरीले समितिको काम, कर्तव्य र महत्वको बारेमा प्रस्टाउदै दशनामीहरुको विरासत बारे बुझाउन नसक्दा अहिले पनि थुप्रै चुनौति सहनु परिरहेको बताउनुभयो । समाजका काम, गतिविधि सांगठनिक रुपमा हुने गरेको भएपनि चलायमान हुन नसक्नुको कारण पहिचान गरि गतिशील बनाउन अब ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । उहाँले दशनामीहरुको संस्कारमा एकरुपता कायम गर्न, संगठनमा कोषको व्यवस्था प्रभावकारी बनाउन र संगठनमा युवा सहभागीता सक्दो बढाउन लाग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेपाल दशनामी युवा समितिका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले युवाको साथमा आफु सधै रहेको बताउँदै युवालाई अगाडी बढ्न अब कसैले रोक्न नसक्ने बताए । ‘समाजलाई सकारात्मक परिवर्तन गर्न युवाहरुको महत्वपुरण भुमिका रहनेभएकाले युवाहरु एकजुट हुन आबश्यक रहेको बताए । यस्तै नेपाल दशनामी युवा समिति चयन सङै शनिबार नै बसेको पहिलो कार्यसमिति बैठकले अधिबेशन सफलतापुर्बक सम्पन्न गराउन पहल गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दै युवा समितिको सल्लाहकार समिति चयन गरेको छ । जसमा डा. सरोज गिरी, भुवन पुरी , डा. पदम गिरी , बिनोद गिरी , सुदिप पुरी र गणेश कन्चन भारती रहेका छन ।

चर्चित