सुर्खेतमा अन्तरविद्यालय स्तरीय क्विज प्रतियोगिता हुने, विजेतालाई १५ हजार पुरस्कार

सुर्खेत । निजी शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै आएको सुर्खेत प्याब्सनले अन्तरविद्यालय स्तरीय क्विज प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता भाेली असार ८ देखि १४ गतेसम्म सञ्चालन हुनेछ भने फाइनल राउण्ड असार १४ गते हुने तय भएको छ ।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको सामान्य ज्ञान, समूह भावना र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै सदस्य विद्यालयहरूबीच सहकार्य र एकता बलियो बनाउनु रहेको सुर्खेत प्याब्सनका अध्यक्ष छत्र बहादुर बडुवालले जानकारी दिए ।

क्वज कार्यक्रममा प्रत्येक विद्यालयबाट ४ जनाको १ टोली सहभागी हुनुपर्नेछ । टोलीहरूलाई ए, बि, सी समूहमा ड्र गरेर विभाजन गरिनेछ । समूह चरणमा स्टिक, सामाजिक र बजर राउण्ड हुनेछन् । फाइनलमा सामान्य, अडियो-भिजुअल, बजर र र्यापिड फायर राउण्ड समावेश पनि हुने अध्यक्ष बडुवालले जानकारी दिए ।

प्रतियाेगितामा प्रथम हुने विजेतालाई – रु. १५,००० दाेस्रो हुने उपविजेतालाई – रु. १२,००० तेस्रो हुने उपविजेतालाई – रु. ८,००० र चाैथाै हुनेलाई – रु. ५,००० पुरस्कार रहेकाे छ ।

क्विज मास्टरको निर्णय अन्तिम हुने कार्यक्रमको सम्पूर्ण रेकर्डिङ र प्रशारण हुनेछ, जसले अन्तक्रियात्मक सिकाइमा टेवा पुर्‍याउने अपेक्षा व्याब्सनले गरेकाे छ ।

सुर्खेत प्याब्सनले सम्पूर्ण विद्यालय, शिक्षक, अभिभावक र सञ्चारकर्मीहरूलाई कार्यक्रममा सहभागिता र प्रचारप्रसार गर्न आग्रह गर्दै शैक्षिक नवप्रवर्तनमा साथ दिन अनुरोध गरेको छ ।

चर्चित