
नेपाल विद्युत प्राधिकरण सुर्खेतमा दैनिक ज्यालादारीमा कार्यरत रहदै आएका कर्मचारीहरु आन्दोलित भएका छन् । न्युन ज्यालादरमा जोखिमपुर्ण कामकाजमा खटिने कर्मचारीहरुलाई प्राधिकरणले दिनुपर्ने सेवासुविधामा कुनै चासो नदेखाएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले नेपाल बिद्युत प्राधिकरण दैनिक ज्यालादारी संघर्ष समितिको अगुवाईमा हातमा कालोपटि वाधेर सुर्खेत र प्रदेश कार्यालयमा धर्ना दिएका छन् । आन्दोलनमा उत्रिएका कर्मचारीहरुले आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने नेपाल बिद्युत प्राधिकरण दैनिक ज्यालादारी संघर्ष समितिका प्रदेश अध्यक्ष गोविन्द पौडेले चेतावनी दिएका छन्। देशभरका बिद्यूत प्राधिकरण शाखाहरुमा दैनिक ज्यालादारी बिभिन्न पदमा गरी कुल २ हजार ८ सय कर्मचारी दैनिक ज्यालादारीमा काम गर्दै आईरहेका नेपाल बिद्युत प्राधिकरण दैनिक ज्यालादारी संघर्ष समितिका केन्द्रिय सदस्य सन्तोष विसीले वताए । उनले न्युनतम ५ वर्षदेखि अधिकतम १८ वर्षसम्मका दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरु रहेको वताएका छन् । आफूहरुले लामो समय प्राधिकरणलाई सेवा गरेकाले प्राधिकरणले पनि दैनिक ज्यालादारी कर्मचारीहरुको मागलाई सम्वोधन गनुपर्ने केन्द्रिय सदस्य विसीले वताएका छन् ।


